स्वास्थ्यमा १२ तह बढुवाको विज्ञापन खुल्यो, यी हुन् सम्भावित व्यक्ति


काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको दुई वटा १२ तहमा बढुवाका लागि विज्ञापन खुलाउने भएको छ । डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको सेवा अवकाशपछि दुईवटा दरबन्दी रिक्त रहेका छन् ।

स्वास्थ्य लाइभले पाएको सूचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १५ दिने सूचना माग गर्दै छ । विगतमा स्वास्थ्य सचिवले वर्षौसम्म १२ तहको दरबन्दी खाली राख्ने परिपाटीको अन्त्य गर्न सचिव डा. रोशन पोखरेल सुरुदेखी नै खाली दरबन्दी ‘फुलफिल’ गर्दै आएका छन् । समयमा कर्मचारीको बढुवा हुँदा तल्लो तहमा लामो समय होल्ड भएर बस्नुपर्ने छैन ।

१२ तहका लागि एक दर्जन बढी कर्मचारी योग्य भएका छन् । तर, दुर्गम र सेवाका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने चार जनाको नाम स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने भएको छ । ती नाममध्येबाट दुईजना १२ तहमा बढुवा हुनेछन् । अहिले बढुवा भएकामध्येबाट डा. रोशन पोखरेलका कार्यकाल सकिएपछि स्वास्थ्य सचिव हुनेछन् । डा पोखरेलको कार्यकाल २७ महिना बाँकी छ ।

यसपटक १२ तहमा डा. टंक प्रसाद बाराकोटी र डा. विकास देवकोटा बढुवा हुने निश्चित जस्तै देखिएको छ । कार्य सम्पादन मूल्यांकनमा अरुभन्दा यी दुईको नम्बर बढी देखिएको छ । डा. बाराकोटी यस अगाडि नै पहिलो नम्बरमा सिफारीस भएका थिए । तर, उनलाई रोकेर डा. संगिता कौशल मिश्रा बढुवा गरिएको थियो । अब भने बारकोटीको बढुवा हुने उच्च सम्भावना रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com