चुनावका दिन मौसमले धोका नदिने


काठमाडौं । आगामी मंसिर ४ गते आईतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मौसमले धोका नदिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार २०७९ मंसिर ०४ (आईतबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रदेश नम्बर १ बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेता पनि पानी नपर्ने महाशाखाको पूर्वानुमान रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले  गरेको मौसम पूर्वानुमानमा चुनावको दिन पानी पर्ने सम्भावना नरहेकाले मौसमले धोका नदिने देखिएको हो ।

यस्तो छ तीन दिनको मौसम

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि प्रारम्भिक मौसम पूर्वानुमान

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि प्रारम्भिक मौसम पूर्वानुमान

(जारी मितिः २०७९/०७/३० दिउँसो १२:०० बजे)

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हालको मौसमी विश्लेषण अनुसार, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि २०७९ मंसिर ०२ गते शुक्रबार देखि मंसिर ०४ गते आईतबार सम्मको मौसम पूर्वानुमान यस प्रकार रहेको छ :

२०७९ मंसिर ०२ (शुक्रबार)प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

२०७९ मंसिर ०३ (शनिबार)प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

२०७९ मंसिर ०४ (आईतबार)प्रदेश नं १बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले माथि उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्नेछ।

यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ। मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोला ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौ

फोनः ०१-४४८६८६९, ०१-४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com