भोजपुरमा प्रचण्ड उपस्थित हुने चुनावी सभा नजिकै बम पड्कियो


काठमाडौं । भोजपुरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावी सभामा नजिकै बम विस्फोट भएको छ । बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको जनाईएको छ । तर, वम विस्फोट भएपनि सो सभामा प्रचण्ड पुगेका थिएनन्  । भोजपुरमा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदन किराँती प्रतिनिधिसभाका साझा उम्मेदवार छन् ।

सुदनको पक्षमा भोट माग्न प्रचण्ड भोजपुर जाने भएपछि बाम राखिएको पाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com