डा. भोजराजलाई स्वास्थ्यमन्त्री देखेका प्रचण्डले सुदनलाई पनि मन्त्री दिने


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले ठाउँ-ठाउँमा मन्त्री बाँड्दै हिँड्न थालेका छन् । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उठेका डा. भोजराज अधिकारीलाई स्वास्थ्यमन्त्री देखेका प्रचण्डले आज सुदन किरातीलाई पनि मन्त्री बनाउने आश्वासन दिएका छन् ।

भोजपुरका तिवारी भन्ज्याङमा पुगेर प्रचण्डले सुदनलाई रोजेको मन्त्रालय दिने घोषणा गरेका हुन् । प्रचण्डले भोजपुर जनतालाई सम्बोधन गर्दै सुदनलाई  जिताएर पठाए रोजेको मन्त्रालय दिने उद्‌घोष गरेका छन् ।  सुदनलाई मन्त्री बनाएर ऋण तिर्ने प्रचण्डको भनाई छ ।

सुदनले जितेर आएपछि गृह मन्त्रालय रोजेभने रोजेको मन्त्रालय दिने घोषणा गरेका प्रचण्डले बनाउँछन् कि बनाउँदैनन् त्यो भने हेर्न बाँकी छ । तर सुदनले मन्त्री बन्नुभन्दा पहिला भोजपुरबाट चुनाव जित्नु पर्ने हुन्छ । उनको प्रतिस्पर्धा एमालेका नेता शेरधन राईसँग रहेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री समेत भइसकेका शेरधनलाई पराजित गर्न त्यति सहज भने छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com