‘कहाँ राखु प्रिय’ मा मोडल डा.सलिना भित्रकोटी


काठमाडौं । ‘कहाँ राखु प्रिय’ बोलको गीतमा डा.सलिना भित्रकोटीले अभिनय गरेकी छन् । गीतकार निर कमल खड्काद्वारा रचित उक्त गितमा मोडलमा सोनितराज ढुंगेल, मोडल डा.सलिना भित्रकोटी र अनिल नगरकोटी रहेका छन । डा भित्रकोटी भने पहिलो पटक म्यूजिक भिडियोमा देखिएकी हुन् ।

प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको थियो । गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए भने दिनसन शाहको सम्पादन तथा कलरिगं रहेको थियो । निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com