काठमाडौं-२ बाट स्वास्थ्य सरोकारकी प्रस्तोता सोविता गौतम निर्वाचित


काठमाडौं । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छिन् ।

स्वास्थ्य सरोकारकी प्रस्तोता समेत रहेकी गौतम एमालेका मणिराम फुयाँललाई पछि पार्दै निर्वाचित भएकी हुन् ।

घण्टी चुनाव चिन्हबाट उठेकी सोविता १५२२९ मत ल्याएर विजयी भएकी हुन् । एमालेका फुयाल ११५५५ ल्याएर दोस्रो माओवादीकी ओनसरी घर्ती ९४४८ मत ल्याएर तेस्रो बनेकी छिन् ।

सोवितासहित राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंबाट ३ सिट जितिसकेको छ । काठमाडौं ८ मा विराज भक्त श्रेष्ठ र काठमाडौं सातमा डा. गणेश पराजुली निर्वाचित भएका छन् । काठमाडौंका नेपाली कांग्रेसका उम्मेदवार नभएका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी बझाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. गणेश पराजुली, #राष्ट्रिय स्वतन्त्र पार्टी, #विराजभक्त श्रेष्ठ, #सोविता गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com