पूर्व स्वास्थ्यमन्त्री थापालाई पार्टी बनाउने जिम्मा, सरकारमा प्रदिप पौडेल


काठमाडौं । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन कुमार थापाले आम निर्वाचन जितेर प्रधानमन्त्री बन्ने सपना जनतामा बाढेका थिए । नेता र पार्टीहरु प्रति बितृष्णा भएका नागरिकलाई दिने योभन्दा उत्तम बचन थापासँग थिएन । गगन थापाले निर्वाचनका बेला जे बजारमा बिक्छ त्यही फ्याके । निर्वाचन जिते । के अब गगन थापा प्रधानमन्त्री हुन्छन् त ?

स्वास्थ्य लाइभले अबको सरकार र थापाको जिम्मेवारीबारे नेतृत्व वर्गमा बुझ्ने प्रयास गरेको छ । थापाको अभिव्यक्तिले पार्टीपंत्ती चिढिएका छन् । स्वास्थ्यमन्त्री हुदा थुप्रै काम गरेपनि संस्थागत गर्न नसकेको आरोप अहिलेपनि बब्यूरोक्रेसीमा लाग्ने गरेको छ ।

कांग्रेस उच्च स्रोतहरुले बताए अनुसार गगन थापालाई प्रधानमन्त्री नभए पार्टी बनाउने जिम्मेवारी दिइने छ । महामन्त्री विश्व प्रकाश शर्मा र गगन थापालाई पार्टीको बिस्तार गर्ने जिम्मा दिने छ । प्रदिप पौडेललाई भने देउवाले च्याप्ने छन् । देउवा निकट स्रोत भन्छ प्रदिपलाई सरकारमा सहभागी गराईने छ । उनलाई आकर्षक मन्त्रालय दिईने छ ।

अहिलेको सरकारमा पनि गगन थापालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउँन गगन पक्षका कार्यकर्ताले देउवालाई दवाव दिएका थिए । तर, देउवाले चासो नदिए पछि रोकिएको थियो । अहिले गगनको प्रधानमन्त्री हुन्छु भन्ने अभिव्यक्ति मन्त्री पदका लागि भएको धेरैको बुझाई छ । ‘एक उच्च अधिकारीले भने, ‘गगन जिले प्रधानमन्त्रीको कुरा उठाएर मन्त्रालयको बार्गेनिङ गरेका हुन् । उनी निर्वाचित महामन्त्री भएकाले पार्टीलाई माथि उठाउन उनको भूमिका आवश्यक छ ।’ , हरेक संकटमा देशलाई किनारा लगाउन अब्बल पार्टी सभापति देउवा निर्वाचन पछि पुन प्रधानमन्त्री हुने कुरामा कसैको दुईमत छैन । धेरैको बुझाई पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पार्टीका युवा नेता, विश्वप्रकाश, प्रदिप पौडेल, रामहरी खतिवडा जस्ता युवा आफ्नो पक्षमा पार्ने अड्कल गरेका छन् । तर, स्वास्थ्य लाइभले यस्तो सम्भावना नहुने देखेको छ । स्रोत भन्छ, देउवा अब प्रदिप पौडेललाई अगाडि ल्याउन चाहान्छन् । देउवा पछिका पुर्णबहादुर खड्का, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँड जस्ता थुप्रै नेता आफुलाई दोस्रो पुस्ताको रुपमा हर्छन् । त्यसैले पनि गगन प्रधानमन्त्री बन्ने आधार तय भएको देखिँदैन ।’,

गगनले सस्तो लेकप्रियताका लागि प्रधानमन्त्री बन्ने भन्दै सार्वजनिक अभिव्यक्ति मात्रै दिएका छैनन् । निर्वाचन जितेपछि संसदीय दलको नेता बन्ने रेसमा लाग्ने बताएका छन् । जनताले युवा पुस्ता रुचाउनु स्वभाबिक हो । तर, गगनले मन्त्री हुँदा पनि खासै काम नगरेपछि पार्टीपंत्तीबाहेक अरुलाई उनको विश्वास छैन ।

यस्ताे हुनसक्छ  देउवाको रणनीति
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुन फरक रणनीति अख्तियार गरेका छन् । नेपाली कांग्रेसभित्र शिर्ष नेता प्रधानमन्त्री हुने दौडमा छन् । डा. शेखर कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, गगन थापाले अबको प्रधानमन्त्री आफु भन्दै प्रचार गरेका छन् ।

देउवाले दुई व्यक्तिलाई पदको भागबण्डा गरे यसलाई सहज ल्याण्डिङ गराउने छन् । यसका लागि उनले प्रकाशमान सिंहलाई गृहमन्त्री रामचन्द्र पौडेललाई राष्ट्रपतिका रुपमा पार्टीले अगाडी सार्ने रणनीति बनाउने बुझिएको छ । यसो गर्दा देउवालाई संसदीय दलको नेता बन्न कुनै जोखिम छैन ।                                                    स्वास्थ्यमन्त्री को ?
पार्टीका घोषणा पत्र र भाषणमा जति स्वास्थ्य प्राथमिकतामा परेपनि व्यवहारमा त्यस्तो छैन । एक नेताले भने कांग्रेसको प्राथमिकतामा स्वास्थ्य पर्न सकेको छैन । अहिलेको निर्वाचन माहोल हेर्दा कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिएको छ । अब सरकार बन्दा नेकपा माओवालीको भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पर्न सक्ने सम्भावना धेरै छ । तर, जनताको पक्षमा काम गर्ने हुदा पार्टीले शिक्षा वा स्वास्थ्य मध्ये एक लिनुपर्ने पनि धेरैको सल्लाह छ ।

धेरैवटा पार्टीलाई सरकारमा सहभागी बनाएर लैजाँदा मन्त्रालय भनेको अनुसार नपर्न सक्छ । त्यसैले यस पटक गठबन्धन कायम रहे गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री हुने सम्भावना धेरै देखिएको छ । उनी विगतमा पनि स्वास्थ्य मन्त्री भइसकेका व्यत्ति हुन् ।

यस पटक युवालाई समेटेर सरकार बनाउने

कांग्रेसले युवा समेटेर सरकार निर्माण गर्ने भएको छ । उच्च तहका नेताहरु भन्छन् ५० प्रतिशत युवाको प्रतिनिधित्व सरकारमा हुनुपर्छ, गरिन्छ । देशभरबाट धेरै युवाहरु आम निर्वाचनबाट प्रतिनिधि बनेको भन्दै उनिहरुको सम्मान स्वरुप अब सरकारमा ५० प्रतिशत युवाको प्रतिनिधित्व गराइने बताए । नेपाली कांगेसमा आशा लाग्दा युवा नेताहरुले चुनाव जितेर आएकाले उनीहरूलाई सरकारमा सहभागी गराउने तयारी भइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com