अल्फाबिटामा बालेनसँग जोहोरी खोज्दा महेशलाई महँगो पर्‍यो


काठमाडौं । अल्फाबिटामा डोजर लगाएको विषयमा काठमाडौं बालेन शाहसँग जोहोरी खोज्दा महेश बस्नेतलाई महँगो परेको छ ।

अल्फाबिटामा बालेनको डोजर चल्दा महेशले उनलाई खुला चुनौती दिएका थिए । बालेनसँग जोहोरी खोजेपछि युवामाझ महेश आलोचित र अलोकप्रिय बनेका थिए । त्यसको असर प्रतिनिधिसभाको चुनावमा देखिएको छ ।

महेशलाई कांग्रेसका दुर्लभ थापाले ९ सय ५७ मतले पराजित गरेका हुन् । दुर्लभले २४ हजार २ सय ३९ मत पाउँदा महेशले २३ हजार २ सय ८२ मत ल्याएर विजयी भएका हुन् ।

अवैध संरचनामाथि डोजर चलाउने बालेनको अभियानको समर्थनमा रहेका युवाले महेशलाई नरुचाउँदा उनी पराजित भएका हुन् । बालेनको विरोधमा उत्रिएका सुमन सायमीले पनि पराजय भोग्नु परेको छ । बालेनको समर्थनमा रहेका विराजभक्त श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव जित्दा सुमन नराम्ररी पराजित भएका हुन् । विराजले १० हजार १ सय ५ मत पाउँदा सुमनले ५ हजार ८ सय ८९ मत प्राप्त गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com