सूर्तिजन्य पदार्थको विज्ञापनमा रोक लगाइँदै


काठमाडौं । सरकारले सूर्तिजन्य पदार्थको विज्ञापन सामाग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न रोक लगाउने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै सूर्तिजन्य पदार्थहरुको विज्ञापन सामाग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न रोक लगाउन अनुरोध गरेको हो ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ को उपदफा १ को कार्यान्वयनको लागि मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो । मदिरा, चुरोट, सूर्तिजन्य पदार्थहरुको विज्ञापन सामाग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाईने परिपत्रमा उल्लेख छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ को उपदफा १ मा ‘मदिरा, चुरोट सूर्तिजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामाग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाईने छैन” भन्ने व्यहोरा उल्लेख भएकोले ऐनको उक्त व्यवस्था कडाईका साथ लागू गर्ने/गराउने र सोको अनुगमन समेत गर्ने/गराउने व्यवस्था हुन आदेश अनुसार अनुरोध छ’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई गरेको परिपत्र उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र तथा अनुगमन गर्न अनुरोध गरेपछि सूर्तिजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने विज्ञापन गर्न रोक लगाउन निर्देशन दिइएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ