विश्व एड्स दिवस

एचआईभी संक्रमितकाे नाममा अरबाैं खर्च उपलब्धि निराशाजनक


काठमाडौं । नेपालमा विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाईएकाे छ। सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ। साेही अवसरमा नेपालमा पनि मनाईएकाे हाे ।

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन यो दिवस सुरु गरिएको हो।

एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्न करिब दशौँ वर्ष लाग्छ। समयमै पहिचान र उपचार भए एड्सको अवस्था नआउने चिकित्सकहरू बताउँछन्। नेपालमा भने प्रभावकारी काम नहुदा संकृमित घट्न सकेका छैनन् ।

एचआईभी एड्समा देशी तथा विदेशी निकायकाे रकम अपेक्षा भन्दा धेरै छ । तर, नतिजा भने अपेक्षा अनुसार छैन। एक वर्षमा मात्रै २ अर्ब २० करोड भन्दा बढी खर्च हुनेगरेकाे छ । रकम ठुलाे मात्रामा खर्च भएपनि <span;>८ हजार संक्रमितकाे अत्तोपत्तो छैन ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२१ मा मात्रै नेपालमा २ अर्ब २९ करोड ३७ लाख ६९ हजार रुपैयाँ राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको छ। एड्स अन्त्यका लागि एचआईभी कार्यक्रममा अर्बौ रकम खर्च भएकाे छ तर, गत वर्ष मात्र ५ सय १० जना एचआईभी संक्रमितको एड्सका कारण मृत्यु भएको पाइएको छ।

केन्द्रले नेपालमा सन् २०२१ को अन्त्यसम्ममा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ। देशमा हरेक दिन २ जना मानिस एचआईभी संक्रमित हुने गरेको केन्द्रले जनाएको छ। सन् २०२१ म मात्रै ६ सय ८० जना व्यक्तिमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको थियाे ।

केन्द्रका अनुसार सन् २०२१ को अन्त्यसम्म नेपालमा २१ हजार ७२३ जना संक्रमितले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्। केन्द्रकै अनुसार नेपालभर ३० हजार संक्रमित रहेको अनुमान गरिएको छ। यस आधारमा हेर्दा अझै ८ हजार २ सय ७७ जना संक्रमितकाे अत्तोपत्तो छैन ।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार अर्थात भाइरल लोड न्यून भएको हुने र एचआईभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com