पूर्व स्वास्थ्य राज्यमन्त्री लगातार पछि परिन् धनराज अगाडि लागे


काठमाडौं । पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्याल मतगणनामा लगातार पछाडि परेकी छिन् । प्रतिनिधिसभा सदस्य स्याङ्जा क्षेत्र नम्बर २ बाट उठेकी पद्मालाई कांग्रेस उम्मेदवार धनराज गुरुङले लगातार पछि छाडेका हुन् ।

एमाले सचिव पद्मा कांग्रेस उपसभापति धनराजभन्दा झन्डै २३ सय मतले पछाडि परेकी छिन् । धनराज अग्रता बढाउँदै अगाडि बढेका छन् । करिब ४ हजार मत गणना हुँदा धनराजले २२ हजार ४८० मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेकी पद्माले २० हजार २६७ मत ल्याएकी हुन् ।

यता स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार २३८ मत ल्याउन सफल भएका छन् । ७० हजार बढी मत खसेको स्याङ्जा-२ मा अझै ३० हजार बढी मत गर्न बाँकी छ । अब ग्ल्याङ र चापाकोटको मतगणना हुँदैछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com