डा. बुद्धिमान र महेशबीच कडा टक्कर


काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २(२) का प्रदेशसभा सदस्यको मतगणना डा. बुद्धिमान श्रेष्ठ र महेश भट्टराईबीच कडा टक्कर देखिएको छ ।

मतगणनाको सुरुवाती चरणदेखि लगातार अगाडि लागेका डा. बुद्धिमान अहिले झिनो मतले पछाडि परेका छन् । नेपाली कांग्रेसका महेशले डा. बुद्धिमानलाई १४२ मतले पछि पारेका हुन् । उनले १० हजार २६१ मत प्राप्त गर्दा डा. बुद्धिमानले १० हजार ११९ मत ल्याएका छन् । डा. बुद्धिमान कन्तिपुर डेन्टल कलेजका सञ्चालक समेत हुन् ।

यता स्याङजा २(१) मा भने नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com