सचिवकाे पर्खाइमा मन्त्री, कार्य कक्षमा छन् हलमा छैनन्


काठमाडौं । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा स्वास्थ्यमा दुई सचिव उपस्थित हुन गाह्रो मानेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वयंमले गरेकाे लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा स्वास्थ्यका दुवै सचिव उपस्थित भएनन् ।

स्वास्थ्यमा महिला र पुरुष गरि दुई जना सचिव छन् । उनिहरु कार्यकक्षमा छन् तर, मन्त्रालयकाे हलमा भएकाे आफ्नै कार्यक्रममा सहभागी छैनन्। प्रमुख अतिथिका रुपमा स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ उपस्थित भएर सचिवकाे पर्खाइमा छन् । अध्यक्षता गर्नुपर्ने सचिव नआएपनि कार्यक्रम संचालन भएकाे छ ।

सचिवहरुकाे समयमा उपस्थित नहुनुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई अपमान गरेकाे धेरैकाे बुझाइ छ। स्वास्थ्य सचिव डा राेशन पाेखरेल र प्रशासन तर्फकी महिला सचिव  देवकुमारी गुरागाई छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com