१२ तहका लागि यी ५ जनाको नाम सिफारीस !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाली रहेको १२ तहका दुई पदका लागि ५ जनाको नाम सिफारीस गर्ने भएको छ ।

सिफारीसमा पर्ने नाममा रोल क्रम अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रदेश अस्पताल भद्रपुरका डा. टंक प्रसाद बारकोटी, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकाल र रााष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी डा. सुधा देवकोटा रहेका छन् ।

यी पाँच जनाको नाम मन्त्रिपरिषद्मा पठाईने छ । उनिहरु मध्ये २ जनालाई सरकारले स्वास्थ्य सेवाको विशिष्ट श्रेणीमा बढुवा गर्ने छ । यस अगाडी पनि श्रेष्ठ र बारकोटी सिफारीसमा परेका थिए । डा देवकोटाको दुर्गमन नभएका कारण केही पछाडी परेका थिए ।

स्वास्थ्य लाइभले गरेको अध्ययन अनुसन्धान अनुसार बारकोटी र देवकोटा बढुवा हुने छन् । दुई स्वास्थ्य क्षेत्रमा भिजेका र सबैले रुचाएका पात्र हुन् । स्वास्थ्य क्षेत्रको नेतृत्व लिन उनिहरुको विकल्प नभएको आवाज सस्था भित्र र बाहिर उठ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खाली १२ तह (अरिरिक्त सचिव)मा बढुवाका लागि २१ जना योग्य देखिएका थिए । गत कार्तिक ३० गते स्वास्थ्य मन्त्रालयले १२ तहम बढुवाका लागि आवेदन माग गरेको थियो । १५ दिनको समय दिएर मागिएको उक्त आवेदनमा २१ जनाले योग्यता पुगेको भन्दै आवश्यक कागजपत्रसहित निवेदन दिएका थिए । तर, निर्वाचन र बिभिन्न कारणले सिफारीस गर्न ढिला भएको हो ।

स्वास्थ्य मन्त्रालयमा डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको स्थानमा दरबन्दी रिक्त छ । विगतमा सचिवले वर्षौ बढुवा रोके पनि स्वास्थ्य मन्त्रालयको नेतृत्व डा. रोशन पोखरेलले सम्हालेपछि बढुवामा कुनै कन्जुस्याई गरेका छैनन् । जसले गर्दा स्वास्थ्यको १२ तहमा छिटोछिटो नेतृत्व हस्तान्तरण हुँदै गएको छ ।

निवेदन दिनेहरुमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव जनार्दन उपाध्याय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराका डा. विनोद विन्दु शर्मा, कान्ति बाल अस्पतालका चिकित्सक डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय दाङका डा. विनोद कुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुकी निर्देशक डा. मनिषा रावल, स्वास्थ्य मन्त्रालयका नारायणप्रसाद ढकाल रहेका छन् ।

त्यस्तै बाह्रौं तहमा बढुवाका लागि आवेदन दिनेमा राप्ती अञ्चल अस्पतालकी प्राध्यापक गोमादेवी निरौला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्ण प्रसाद पौडेल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका डा. अमिरबाबु श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, प्रदेश अस्पताल भद्रपुरका डा. टंक प्रसाद बारकोटी, वीर अस्पतालका डा. सरोज शर्मा, स्वास्थ्य मन्त्रालयका डा. संजय कुमार ठाकुर रहेका छन् ।

स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका सुनिलराज शर्मा, राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्रप्रसाद मरासिनी, लुम्बिनी प्रदेशका सचिव डा विकास देवकोटा, बागमती प्रदेशका स्वास्थ्य सचिव बद्री खड्का, भेरी अस्पतालका डा. राजन पाण्डे, भेरी अस्पतालकी प्राध्यापक दुर्गा लक्ष्मी श्रेष्ठ, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी डा. सुधा देवकोटा, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकालले १२ तहम बढुवा लागि योग्य रहेको भन्दै निवेदन दिएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #१२ तह, #डा. केशरबहादुर ढकाल, #डा. टंक प्रसाद बारकोटी, #डा. विकास देवकोटा, #डा. श्रीकृष्ण श्रेष्ठ, #डा. सुधा देवकोटा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com