स्वास्थ्य प्रवर्द्धन संघ नेपालको अध्यक्षमा डा धिताल, महासचिवमा डा केसी


काठमाडौं । स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल (Health Promotion and Education Association, Nepal) को  छैटौं अधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा भएको अधिवेशनले डा शालिकराम धितालको अध्यक्षतामा ११ सदस्य केन्द्रिय समिति गठन गरेको छ ।

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहमा कम्तिमा स्नातक गरेका सदस्य हुन पाउने यस संघ २०७० मा  गठन भएको हो । नेपाल भरका स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहको हक हितको संरक्षण सम्बर्धन गर्दै प्रत्येक नेपाली नागरिकको  गुणस्तरीय स्वास्थ्यमा सर्वव्यापी पहुचको सुनिश्चितमा टेवा पुर्याउने यसको मुख्य उद्देश्य रहको छ ।

महासचिव डा भक्तबहादुर केसीका अनुसार यस संघले विश्व व्यापी रुमा स्वास्थ्य क्षेत्रमा  देखा परेका चुनौतीहरुलाई स्वास्थ्य प्रवर्द्धनको दृषिटकोण र सिद्धान्त मार्फत सम्बोधन गर्ने कुरामा विश्वास गर्छ । स्वास्थ्य प्रवद्र्घन मानिसको उच्चतम स्वास्थ्य प्राप्त गर्न आम नागरिकलाई नै सक्षम बनाउने र उनीहरुको  स्वास्थ्य उनीहरुको नियन्त्रणमा रहनु पर्छ भन्ने मान्यता राख्दछ ।

महासचिव डा .केसीका अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा हेमराज खड्का, सचिवमा शैलेन्द्र कुमार  पाण्डे, कोषाध्यक्षमा विनोद कुमार अर्याल, सदस्यहरुमा  शिला श्रेष्ठ, पसन्त चालिसे, रामकुमार श्रेष्ठ, ऋषीराम शर्मा, केशवराज जोशी, प्रविण कुमार रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com