लामो समयदेखि बिरामी पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन


एजेन्सी। पाकिस्तानका पूर्व सेना प्रमुख एवं पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ ।

पाकिस्तानी सेनाले उनको निधन भएको पुष्टि गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ७९ वर्षका मुशर्रफ लामो समयदेखि बिरामी थिए । दुबईको एक अस्पतालमा उपचाररत उनी एमीलोयडोसिस नामक रोगका कारण प्रभावित थिए ।

एमीलोयडोसिस रोग यस्तो प्रकारको रोग हो जसमा मानिसको शरीरका अङ्हरू निष्क्रिय हुन थाल्छ ।

बेलायतको स्वास्थ्य विभाग (एनएचएस) का अनुसार, एमीलोयडोसिस, मानिसको शरीरमा एक प्रकारको प्रोटीन वृद्धिका कारणले हुने गर्छ । जसलाईती अमीलोयड भनिन्छ ।

विशेषज्ञका अनुसार उक्त प्रोटीनको अधिक मात्रा मानिसको शरीरका लागि हानिकारक हुन्छ र यसले शरीरका विभिन्न अङ्हरूले काम गर्न छोड्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com