प्रोमेड मल्टिस्पेशियालिटी सेन्टरमा भोलि निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने


काठमाडौं । प्रोमेड मल्टिस्पेशियालिटी सेन्टर, सिनामङ्गलमा भोलि एकदिने निःशुल्क शिविरको आयोजना हुने भएको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजन पौडेलद्वारा मुटु सम्बन्धी सम्पूर्ण रोगको निःशुल्क चेकजाँच आयोजना हुन लागेको बताइएको छ ।

लायन्स क्लब अफ काठमाडौं, क्रिस्टल ल्याबको सहयोगमा हुने शिविरमा सहभागी हुन समयमै नाम दर्ता गराउन पनि आग्रह गरिएको छ ।

शिविरमा इको जाँचमा ३५ प्रतिशत, ल्याब टेस्टमा २० प्रतिशत छुट दिइने छ भने इसिजी निःशुल्क जाँच गरिनेछ ।

क्याटेगोरी : स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com