स्वास्थ्य सामग्री लिएर जहाज आज टर्की जाँदै (के-के पठायो)


काठमाडौं । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा सरकारले राहत सामग्री पठाएको छ । सोमवर सरकारले राहत सामग्रीसहित टर्कीस एयरको विमान पठाएको हो । मेडिकल टिम भने आवश्यकता नपरेको बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सामान बुझाउन चार जनाको टोली जाँदैछन् । उनिहरू सामान हस्तान्तरण गरेर स्वदेश फर्कने छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले टर्कीमा औषधि र राहत सामग्री पठाउने निर्णय गरेको थियो । विमान पातलो जाने भएकाले केही ढिला भएको हो ।

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७ दशमलव ८ र ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट १३ हजारभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालबाट स्वास्थ्य सेवा विभाग र डब्लुएचओले उपलब्ध गराएका मेडिकल सामग्री र औषधिहरू टर्की पठाइएको छ । स्वास्थ्य सेवा विभाले २४ प्रकारका स्वास्थ्य सामग्री परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

·       Patient Monitor with 5 Parameter 1 Set

·       Portable Ventilator- 1 Set

·       Neonatal to adult Ventilator- 15et

·       Portable USG Machine- 1 Set

·       Infusion Pump-55et

·       Oxygen Concentrator 5 Litre-5set.

·       Oxygen Concentrator 10 Litre Sset

·       High Flow Nasal Cannula (HFNC-5 Set

·       Paracetamol 500 mg Tablet- 105,000 Tablet

·       Oral Rehydration Salt 2,400 Scahet

·       Oxygen Cannula-100 Set 8 09 811206

·       High oxygen Mask- 200 Set

·       Foleys Catheter 16-100 Set

·       Ambu Bag 50 Set

·       Scrub Tops-50 Plece

·       Scrub Pants-50 Piece

·       BP Set-10 set

·       Sthethoscope-10 Set

·       Digital Thermometer- 50 Pieces.

·       Pulse Oximeter Spot Check 25 Set

·       Surgical mask-50,000 Pieces

·       N95 Mask. 50,000 pieces

·       Sugical Gloves- 10,000 Pairs

·       Gown 10,000 Pieces

यता विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएका विभिन्न ट्रमाका सामग्रीहरू पनि सरकारले प्रभावित टर्कीमा पठाएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com