नयाँ समिकरणसँगै स्वास्थ्य मन्त्रीसहितको पद धरापमा


काठमाडौं । राष्ट्रपतिमा नयाँ समिकरणसँगै स्वास्थ्य मन्त्रीसहितका मन्त्रीहरू पद धरापमा परेको छ । सत्ताको नेतृत्व गरेको पार्टी माओवादी केन्द्रले कांग्रेससँग ‘घरजम’ गर्ने निर्णय गरेसँगै स्वास्थ्यसहितका मन्त्रीहरुको पद धरापमा परेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपाका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेपछि मन्त्रीबाट सामूहिक राजीनामा दिएका छन् । अब एमालेका मन्त्रीहरू पनि आफैं हटुन भन्ने प्रधानमन्त्री दाहालले चाहना राखेका हुन् ।

‘राप्रपा सरकारबाट बाहिरसक्यो, एमाले करिब करिब प्रतिपक्ष बनिसक्यो’, प्रधानमन्त्री दाहालले हिजो एक कार्यक्रममा बोल्दै भने । आफूलाई दुई महिनापछि बल्ल राहत मिलेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने तयारीमा रहेको बताएका छन् । उनले नेपाली कांग्रेस, नेकपा समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारका सहभागी गराउन चाहेका छन् । त्यसका लागि ८ दलीय कार्यदल बनाउने प्रधानमन्त्री दाहालको तयारी छ ।

राष्ट्रपतिको चुनावपछि एमालेका मन्त्रीहरु नहटे मन्त्रीहरू बर्खस्त गरेर कांग्रेस, समाजवादी र जसपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री दाहालको तयारी छ । यसले स्वास्थ्यमामन्त्री पदम गिरीसहितका मन्त्रीहरूको पद धरापमा परेको देखिन्छ ।

क्याटेगोरी : स्वास्थ्य कर्पोरेट
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री पदम गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com