अनुभव नपुगेका खड्कालाई रजिस्ट्रार बनाउन दबाब


काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदकाे रजिस्ट्रारमा याेग्यता र अनुभवमा प्रश्न उठेकाे व्यक्तिलाई बनाउन चलखेल सुरु भएको छ ।

माओवादी निकट मानिएका दिपेन्द्र खड्कालाई परिषद्को रजिस्ट्रार बनाउँन प्रचण्ड मार्फत स्वास्थ्य मन्त्रालयमा दबाब दिएकाे अधिकारीहरू बताउँछन् । तर, खड्का भनेे दबाब दिने कुरामा कुनै सत्यता नभएको बताउँछन् । याे चरित्र हत्या गर्ने खालकाे समाचार भएको उनकाे आराेप छ ।

हिजै खड्कालाई नियुक्ति गर्न फायल उठाइएको थियाे । तर, याेग्यताकाे कुनै छेउ टुप्पो नमिलेकाे भन्दै स्वास्थ्य मन्त्रालयले राेकेकाे छ ।

एक अधिकारीले भने, “हामीले परिषद भित्रकै व्यक्ति नियुक्ति गराैं भनेका थियाैं । तर, प्रधानमन्त्री कार्यालयबाट नाम हामी दिन्छौं भनेकाले राेकिएकाे हाे ।”

स्नातक गरी १० वर्षकाे कार्य अनुभव वा स्नातकोत्तर गरी ५ वर्ष कार्य अनुभव हुनुपर्नेमा उनले २०१३ मा स्नातक गरेको र २०१९ मा स्नातकोत्तर गरेकन छन् ।

खड्काले आफुले यश बिचमा जनमैतृ अस्पताल बालाजुमा काम गरेको। राष्टिय खेलकुद परिषदमा काम गरेको । WHO मा काम गरेको र NHRC मा काम गरेकाले रजिस्ट्रार हुन याेग्य रहेकाे दावी गरेका छन् ।

क्याटेगोरी : स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com