एमाले निकट चिकित्सक दीपक थापालाई न्याम्सको निमित्त भिसी बनाउन दबाव


काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट हालै बाहिरिएको पार्टी नेकपा एमाले निकट चिकित्सक दीपक थापालाई न्याम्सको उपकुलपति (भिसी) बनाउन चलखेल सुरू भएको छ । उनलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त भिसी बनाउन चलखेल सुरू भएको छ । ‘नक्कली माओवादी’ बनेर न्याम्सको निमित्त भिसी पड्काउने दाउमा थापा देखिन्छन् ।

वीर अस्पतालमा कार्यरत रहेका थापा माओवादीका केही नेतालाई बोकेर आफूलाई न्याम्सको निमित्त भिसी बनाउन लबिइङ गरिरहेका छन् । बालुवाटार स्रोतका अनुसार उनलाई न्याम्सको निमित्त भिसी बनाउन चर्को लबिइङ छ । थापाले शक्ति केन्द्र प्रयोग गरेपछि प्रधानमन्त्री कार्यालयबाट समेत उनलाई न्याम्सको निमित्त भिसी बनाउन दबाव परेको छ ।

एमालेको ‘ब्याक सर्पोट’ रहेका थापाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री दाहालको ‘किचेन क्याबिनेट’मा पहुँच पुर्‍याइसकेका छन् । दाहालको सचिवालयका केही सदस्यहरू थापालाई न्याम्सको निमित्त भिसी बनाउन खुलेरै लागेकाे देखिन्छ । उनीहरूले प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीमार्फत स्वास्थ्यमा दबाव दिन थालेका हुन् ।

थापालाई न्याम्सको निमित्त भिसी बनाउन स्वास्थ्य मन्त्रालयलाई समेत चर्को दबाव परेको हो । दीपक थापाले आफूलाई माओवादी निकट देखाएर न्याम्सको भिसी ताकेपछि उक्त पदको प्रतिस्पर्धामा रहेका डा. बुलन्द थापा आश्चर्यमा परेको टिप्पणी हुन थालेको छ । न्याम्सको भिसीका लागि कांग्रेस निकट भुपेन्द्र कुमार बस्नेतको नाम पनि चर्चामा छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #डा. दीपक थापा, #डा. बुलन्द थापा, #डा. भुपेन्द्र बस्नेत, #न्यान्स भिसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com