स्वास्थ्य र शिक्षामा नयाँ ढंगले अघि बढ्दै काठमाडौं महानगर


काठमाडौं । स्वास्थ्य र शिक्षामा काठमाडौं महानगरपालिका नयाँ ढंगले अघि बढ्ने भएको छ । काठमाडौं महानगरपालिकाले महानगरबासीलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा दिन नयाँ नियम ल्याउन खोजेको हो ।

सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा महानगरले व्यापक सुधार गर्न खोजेको छ । अब शुक्रबार काठमाडौंमा विद्यालयमा विद्यार्थीले पुस्तक नलिई जान पाउने भएका छन् । व्यवहारिक शिक्षामा महानगरले विशेष जोड दिन खोजेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका सहयोगी भूपदेव शाहका अनुसार सामुदायिक विद्यालयको गुणस्तर र सिकाइमा नयाँपन ल्याउन खोजिएको हो । स्वास्थ्य सेवामा पनि महानगरले विशेष कार्यक्रम ल्याउने उनको भनाइ छ ।

फिनल्याण्डजस्ता देशमा पढाइलाईभन्दा प्रतिभा र क्षमतालाई विशेष जोड दिइन्छ । ती देशहरूमा स्वास्थ्य र खानपिनमा विशेष ध्यान दिइँदै आएको छ । काठमाडौं महानगरपालिकाले पनि त्यहि बाटो रोज्न खोजेको देखिन्छ ।

काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि घुम्ती सेवा दिन सके उपयुक्त हुने विज्ञहरूको सुझाव छ । स्वास्थ्य र शिक्षामा महानगरले विशेष लगानी गर्नु पर्ने उनीहरूको भनाइ छ । यो विषयमा महानगरले विशेष ध्यान दिन जरुरी छ ।

३२ बटै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न खोजेको महानगरले यस सम्बन्धि कार्यविधि बनाउँदैछ । त्यसका लागि प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई जिम्मेवारी दिइएको छ । उनले यो विषयमा आफूले अध्ययन गरिरहेको स्वास्थ्य लाइभलाई बताए । महानगरले ३२ वटै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेर महानगरबासीलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन खोजिरहेको छ । यसले अधिकांश महानगरबासी लाभान्वित हुने छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, #स्वास्थ्य र शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com