काठमाडौं महानगरपालिकाका ७ वटा वडामा एकसाथ सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बन्दै


काठमाडौं । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाउने काम काठमाडौं महानगरपालिकाका ७ वटा वडाले एकसाथ अगाडि बढाएका छन् ।

काठमाडौं महानगरपालिकाका १,७,८,१४, १९, २५ र २६ नम्बर वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र पूर्वाधार एकसाथ तयार भइसकेको छ । यो काम यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका काम तीव्र गतिमा भइरहेको हो ।

काठमाडौं महानगरपालिका स्वास्थ्य समितिका संयोजक चिनकाजी महर्जनले अहिले ७ वटा वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको संरचना बनिरहेको बताए । ‘३० नम्बर वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा छ अन्य १,७,८,१४, १९, २५ र २६ मा पूर्वाधार तयार भइरहेको छ ।’, स्वास्थ्य समितिका संयोजक महर्जनले भने ।

७ वटा वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र पूर्वाधार तयार भएपछि ८ वटा वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र पुग्नेछ । ३२ वटा वडामध्ये यो बाँकी २४ वटा वडामा क्रमशः सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरका सबै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कामलाई प्राथमिकतामा राखेका छन् । त्यसका लागि छुट्टै मापदण्ड समेत बनाउने तयारी भइरहेको स्वास्थ्य हेर्ने एक सदस्यले स्वास्थ्य लाइभलाई बताए ।

तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना तथा संचालन गरेका थिए । बालेनले पनि त्यसैलाई अनुसरण गर्दै महानगरपालिकाभित्रका सबै वडामा  सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने लक्ष्य लिएका हुन् । यसका लागि महानगरले विज्ञ राखेर काम गरिरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #गगन थापा, #सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com