स्वास्थ्य सदनसहित क-कसले हडपे सरकारी जग्गा ?


काठमाडौं । भद्रकुमारी घले स्वास्थ्य सदनसहित विभिन्न व्यक्तिले सरकारी जग्गा हडपेको पाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० र नापी कार्यालयका प्राविधिको संयुक्त टोलीले अध्ययन गर्दा भद्रकुमारी घले स्वास्थ्य सदन, नारायणप्रसाद गौतम, धिम्ले प्रेसका खड्ग श्रेष्ठ र प्रतिमा मल्लले सरकारी जग्गा हडपेर घर/टहरा बनाएका हुन् ।

स्वास्थ्य सदनसहित भद्रकुमारी घलेले झन्डै ७ रोपनी जग्गा हडपेको नापीको रेखाङ्कनले देखाएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवनागरीस्थित भद्रकुमारी घलेले उक्त सरकारी जग्गामा रजाइँ गरिरहेको पाइएको छ ।

देवीनगरमै नारायणप्रसाद गौतम र शान्ति गौतमले डेढ रोपनी सरकारी जग्गा हडपेको देखिन्छ । नापीका प्राविधिक र वडाको टोलीले उक्त जग्गा घुट्याएको छ । उनीहरूले सरकारी जग्गा कम्पाण्डभित्र हालेर रजाइँ गरिरहेको पाइएको हो ।

त्यस्तै धिम्ले प्रेसका खड्ग श्रेष्ठले पनि सरकारी जग्गामा टहरा निर्माण गरेका छन् । उनीसँगै प्रतिमा मल्लले पनि सरकारी जग्गा मिचेर घर बनाएको नापीबाट पत्ता लागेको छ । मल्ल सरकारी जग्गामा बनेको संरचना जोगाउन आजैबाट दौडधुपमा लागेको देखिन्छ ।

क्याटेगोरी : सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com