बानेश्वरको प्रस्तावित स्वास्थ्य भवन आसपासको अनधिकृत संरचना हटाउँदै महानगर


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० ले बानेश्वरस्थित प्रस्तावित वडा स्वास्थ्य भवन आसपासको संरचना हटाउने तयारी थालेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीको सक्रियतमा ती संरचना हटाउन लागिएको हो ।

धोबीखोला करिडोर मदन भण्डारी मेमोरियल कलेजसँगै रहेका विभिन्न अनधिकृत संरचनामा महानगरको डोजर लाग्न लागेको हो । स्वास्थ्य लाइभले उक्त क्षेत्रमा सरकारी जग्गा मिचेर अनधिकृत संरचना बनाएको तथ्य सार्वजनिक गरेपछि महानगरले चासो दिएको छ । एक-दुई दिनभित्रै ती अनधिकृत संरचना हटाउने पक्षमा वडाध्यक्ष केसी रहेका छन् ।

बार्दली रेष्टुरेन्टदेखि मदन भण्डारी मेमोरियल कलेजसम्म ३ रोपनी बढी सरकारी जग्गा हडपिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० का लागि सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाउने भनिएको जग्गा पनि त्यसै ठाउँमा अतिक्रमणमा परेको छ । ती सरकारी जग्गामा बनेका सबै अनधिकृत संरचना हटाउन महानगर तातेको हो ।

स्वास्थ्य लाइभसँगको सहकार्यमा वडा कार्यालयले सबै कागजात संकलन गरिसकेका छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको भवन बनाउने भनिएको प्रस्तावित जग्गादेखि ३ रोपनी जग्गा सरकारी देखिएको छ । ती जग्गाहरूमा बनेका अनधिकृत संरचना हटाउन वडा कार्यालयले सकारात्मक भूमिका खेलिरहेको छ ।

मदन भण्डारी मेमोरियल कलेजसँगै स्वास्थ्य पार्क बनाउने वडाको तयारी छ । सरकारी जग्गा संरक्षण गरेर पार्क बनाउनका लागि वडा कार्यालयले काम समेत सुरु गरिसकेको छ ।  अब अन्य अतिक्रमित जग्गा समेत अनधिकृत संरचना हटाएर सार्वजनिक प्रयोजनका लागि व्यवस्थापन गर्न वडा कार्यालय अग्रसर भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #मदन भण्डारी मेमोरियल कलेज, #सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com