काठमाडौं महानगरपालिकाका सबै सामुदायिक विद्यालयमा नर्स राखिने


काठमाडौं । काठमाडौं महानगरपालिका महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नर्स राख्ने भएको छ ।महानगरपालिकाले नर्स राख्न बाँकी रहेका काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालय यसै आर्थिक वर्षभित्र विद्यालयमा नर्स राख्ने भएको हो ।
महानगरभित्रका सबै विद्यालयमा नर्स राख्ने गरी प्रक्रिया अगाडि बढाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्देशन दिएका छन् ।
प्रदेश सरकारले ल्याएको विद्यालय नर्स कार्यक्रममा नसमेटिएका सामुदायिक विद्यालयमा नर्स राख्ने गरी काठमाडौं महानगरपालिका तातेको छ । यो कार्यक्रम क्रमश: निजी विद्यालयमा पनि लागू हुने मेयर बालेनको सचिवालयले स्वास्थ्य लाइभलाई जानकारी दिएको छ ।
हरेक शुक्रबार काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीहरू किताब नबोकी जाने (बुक होलिडे) घोषणा गरेका बालेनले विद्यार्थीको स्वास्थ्यमा समेत ध्यान दिएका छन् ।
पढाईलाई सीप र खेलकुदसँग जोडेर नयाँ भिजन अगाडि सारेर मेयर बालेनले नेपाल भाषाको पाठ्यक्रमलाई पनि अनिवार्य रुपमा लागू गर्न महानगरभित्रका सम्पूर्ण विद्यालयलाई निर्देशक दिएका छन् । उनले स्थानीय पाठ्यक्रमलाई समावेश गर्ने संविधानको परिकल्पनालाई कार्यान्वयन उक्त निर्देशन दिएका हुन् ।

मेयर बालेनले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छन् । आगामी आर्थिक वर्षको बजेटमा पनि उक्त कुरा झल्कने मेयर बालेनको टिमको भनाइ छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com