जनस्वास्थ्य निरीक्षक मिश्रको १ करोड ३० लाख अकुत सम्पत्ति


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध १ करोड ३० लाख रुपैयाँ बढी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ ।  अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक/अधिकृत छैठौं, हाल जनस्वास्थ्य निरीक्षक/अधिकृत सातौं तहका कौशलेन्द्र मिश्र उपर बिगो रु.१,३०,४५,७६०।२९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएको छ । अख्तियारले पछिल्लो समय भ्रष्टाचार मुद्दामा विशेष सक्रियता देखाएको छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com