सरकारी जग्गा हडपेर चलेको शिक्षामन्त्री राईको निजी स्कुलमा बालेनको चासो


काठमाडौं । सरकारी जग्गा हडपेर शिक्षामन्त्री अशोककुमार राईले चलाएको स्कुलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चासो दिएका छन् । उनको परिवारको लगानी र स्वामित्वमा रहेको स्वप्न बाटिका स्कुल (एसभी) एकेडेमीको विषयमा बालेनले तत्काला कदम चाल्न निर्देशन दिएका हुन् ।

स्वास्थ्य लाइभले सरकारी जग्गा हडपेर शिक्षामन्त्रीको निजी स्कुलले रजाइँ गरिरहेको तथ्य सार्वजनिक गरेपछि मेयर बालेन तातेका हुन् । उनका प्रमुख स्वकीय सचिव भुपदेव शाहले उक्त स्कुलको जग्गाको विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिइसकिएको छ । नर्भिक काण्डलाई बिर्स्याउने गरी शिक्षामन्त्री राईको निजी स्कुल चलिरहेको भेटिएको हो ।

आवासीय प्रयोजनका लागि बनेको ४ तले घरमा काठमाडौं महानगरपालिकाको स्वीकृति बेगर नै २ तला थपेर शिक्षामन्त्री राईले निजी स्कुल एसभी एकेडेमी सञ्चालन गरेका छन् । शिक्षा क्षेत्रमा यस्ता बेथिति रोक्ने दायित्व बोकेका शिक्षामन्त्री राई आफैं सरकारी जग्गा हडपेर आवासीय प्रयोजनका लागि बनेको घरमा स्कुल चलाउनेमा पर्छन् ।

शिक्षामन्त्री राई र सांसद शुशिला श्रेष्ठको सरकारी जग्गा र प्रयोजनविपरीत चलेको उक्त निजी स्कुल एसभी एकेडेमी बालेनको डोजरको पर्खाइमा देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #शिक्षामन्त्री अशोक राई, #स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com