टोखा चण्डेश्वरी अस्पतालमा अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला


काठमाडौं । बागमती प्रादेशिक अस्पताल टोखा चण्डेश्वरी अस्पतालमा अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला स्थापना भएको छ । बागमती प्रदेश सरकारले उक्त प्रयोगशाला स्थापना गरेको हो ।

काठमाडौं क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलका अनुसार बागमती प्रादेशिक अस्पताल टोखा चण्डेश्वरीमा ( थाइराइड हर्मोन भिटामिन बि-१२ भिटामिन डि प्रयोगशाला ) CLIA Culture मेसिन सहितको प्रयोगशाला स्थापना भएको । ‘पछिल्लो समय टोखा क्षेत्रमा क्यान्सर रोगका बिरामीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको थियो । यही विषयलाई गम्भीरता पूर्वक लिएर भोलिका दिनमा क्यान्सरबाट कोही पनि स्थानीयबासीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले क्यान्सर जाँच मेसिनको राखेका छौं ।’, सांसद पौडेलले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उक्त प्रयोगशालाको सांसद पौडेल र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।मेसिन भित्र्याउन निरन्तर समन्वय र सहयोग गर्नुहुने प्रदेश स्वास्थ्यमन्त्री जोशीप्रति सांसद पौडेलले विशेष आभार प्रकट गरेका छन् ।  उक्त मेसिन उपलब्ध गराइ सहयोग गर्नुहुने लाइन्स क्लबका सम्पूर्ण साथीहरू र परिक्षण गर्न योग्य ल्याब स्थापनाको लागि सहयोग पुर्‍याउने बागमती प्रदेश प्रयोगशाला प्रमुख नारायण कार्कीलाई समेत उनले हृदयदेखि आभार व्यक्त गरेका छन् ।

आउँदा दिनमा उक्त अस्पतालको थप स्तरोन्नति गर्दै आम नागरिकलाई निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्थापनका लागि निरन्तर लाग्ने समेत सांसद पौडेलले प्रतिवद्धता छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com