टिकटक बन्दसँगै के गर्लान् यी स्वास्थ्यकर्मी !


काठमाडौं । नेपाल सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनीले नचल्ने बनाएका छन् । समाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्धबारे पक्ष-विपक्षमा बहस जारी छ । नियमन गनुपर्ने प्रविधिलाई प्रतिबन्ध लगाएको भन्दै सरकारको आलोचन समेत भइरहेको छ । टिकटक कम्पनीले समेत नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्रचार गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयमा आश्चर्य व्यक्त गरेको छ ।

पछिल्लो समयमा टिकटकमा एकखाले विकृत्ति फैलिएको भन्दै चिन्ता व्यक्त हुन थालेको थियो । टिकटकमा माध्यमबाट छिटै भाइरल हुने भएकाले यो यो समाजिक सञ्जाल धेरैको रोजाइमा पर्न थालेको थियो । टिकटमले मान्छेलाई चाँडै भाइरल बनाइदिएर बदनामी र हैरानी खेप्नुपरेको थियो । तर, टिकटक युवा पुस्ताले क्षमता र प्रतिभा देखाउने ‘प्लेटफर्म’ रुपमा पनि विकसित हुँदै आएको देखिन्छ ।

टिकटकमार्फत केही स्वास्थ्यकर्मीहरू एकाएक भाइरल भएका तथ्यहरु स्वास्थ्य लाइभले पटकपटक सार्वजनिक गर्दै आएको छ । स्वास्थ्यकर्मीहरु टिकटकमा रमाउँदा बिरामीले उचित सेवा नपाएको गुनासो पनि नआएको होइन ।

युवा चिकित्सकहरूले टिकटकका माध्यमबाट स्वास्थ्य परामर्श दिन थालेका उदाहरण पनि प्रशस्तै छन् । टिकटक कै माध्यमबाट डगी‘ पोजमा डान्स तुल्सीपुर नगर अस्पतालमा कार्यरत नर्स प्रियंका वली निकै भाइरल भइन् । उनको भिडिओले टिकटकमा राम्रै तताएको थियो ।

स्वास्थ्य लाइभले स्वास्थ्यकर्मीको टिकटक अवलोकन गर्दा पछिल्लो समयमा सरकारी कार्यालय हो कि टिकटक स्पट हो छुट्याउनै मुस्किल परेको थियो यसलाई स्पष्ट निर्देशिका बनाएर कार्यालय समय र कार्यस्थलमा टिकटकमा भुल्ने प्रवृत्ति रोक्नु पर्ने आवश्यकता स्वास्थ्य लाइभले औंल्याउँदै आएको थियो । तर, सरकारले टिकटकमाथि सीधै प्रतिबन्ध लगाएर उल्टो बाटो हिँडेको देखिन्छ । टिकटकमाथि प्रतिबन्ध लगाएसँगै भाइरल हुने नसा चढेका स्वास्थ्यकर्मी के गर्लान् भन्ने प्रश्न पनि उब्जिएको छ । 

टिकटकमा भाइरल बनेका कतिपय भिडिओहरु परिवारसँगै बसेर हेर्न नसकिने खालका छन् । टिकटकमा जे हाल्दा पनि मज्जाले पच्छ भन्ने आम प्रवृत्ति पनि नदेखिएको हैन । नेपाली टिकटक प्रयोगकर्ताहरूले छाडापनको सीमा समेत नाघिसकेको पाइन्छ । यसो भन्दैमा टिकटकमाथिको प्रतिबन्ध उचित हैन । उचित नियम र त्यसका लागि कानुन तथा पूर्वाधार बनाएर टिकटकलाई सभ्य रुपमा प्रस्तुत हुने समाजिक सञ्जालको रुपमा विकास गर्नु आजको आवश्यकता हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #टिकटक, #टिकटक डान्स, #टिकटकबाटै स्वास्थ्य परामर्श, #टिकटकमाथि प्रतिबन्ध, #स्वास्थ्यकर्मी टिकटकमा रमाउँदै

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com