स्वास्थ्यको किर्ते काण्डमा मुछिएका अधिकारी हटेर काठमाडौं महानगरमा को आउँला ?


काठमाडौं । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्तिको विवादमा परेका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको सरुवा गर्ने तयारी भइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको हो ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका कर्मचारी नियुक्ति गर्दा विवादित बनेका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई अहिले  हाजिर हुन रोक लगाइएको छ । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विदा स्वीकृत गराएर घर बसेका छन् । अधिकारी काठमाडौं महानगरपालिकामै फर्किने कसरतमा लागिरहँदा सामान्यले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी गरेको पाइएको छ । मन्त्रालय स्रोतका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिवहरु रमेश अर्याल, महेश बराललगायतको चर्चा छ । उनीहरूबाहेक अन्यले पनि काठमाडौं महानगरपालिकामा जान लविइङ गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भने संघीय सरकारले पठाएको भन्दा पनि आफैंले खोजेर प्रमुख प्रशासकीय अधिकृत आउन भन्ने चाहन्छन् । विश्वास गरेका बसन्त अधिकारीलगायतको टिमले धोका दिएपछि बालेन भरपर्दो र इमानदार प्रमुख प्रशासकीय अधिकृतको खोजीमा लागेका हुन् । बसन्त अधिकारी काठमाडौं महानगरपालिकाकाबाट बाहिरे निश्चित भएपनि प्रमुख प्रशासकीय अधिकृत भएर काठमाडौं महानगरपालिकामा को आउँछ अझै निश्चित भइसकेको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #बसन्त अधिकारी, #सहसचिव रमेश अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com