टेरामक्स घोटालामा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतसहित ३ मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले टेरामक्स घोटालामा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । त्यस्तै उनीहरुले घरबेटीलाई लुम्बिनीको ठेक्का दिने पर्यटनमन्त्री सुदन किराँती र बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई हटाउन माग गरेका छन् ।

एमालेका सचेतक महेश बर्तौलाले अख्तियार दुरुपयोगमा बयानका दिए आएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेततर्फ लक्षित गर्दै प्रधानमन्त्री प्रचण्ड समक्ष तत्काल बर्खास्त गर्न माग गरेका छन् ।  नेता बर्तौलाले प्रधानमन्त्रीलाई यो कुरा थाहा छ कि छैन भन्दै अघि थपे ‘उहाँको क्याविनेटमा भएको एक जना मन्त्री भ्रष्टाचारको आरोप लागेर, भ्रष्टाचारको आशंकामा, आर्थिक अनियमितताको आशंकामा केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको प्रक्रियामा जोडिनु भएको र उहाँले बयान दिएर आएको कुरा हामीले थाहा पायौं । भ्रष्टाचारको आशंका गरिएको मन्त्रीलाई देशको मन्त्रीको रुपमा राखेर प्रधानमन्त्रीज्यूको सु्शासनको सुगा रटाइ भाषण सुन्न हामी तयार छैनौं ।,’

त्यस्तै भौतिकमन्त्री ज्वाला र पर्यटनमन्त्री किराँतीलाई पनि बर्खास्त गर्न एमालेको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि भ्रष्टाचार र विभिन्न घटनामा संलग्न मन्त्रीलाई हटाउन दबाब दिएका छन् । संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसदहरु स्वास्थ्यमन्त्री बस्नेतलाई हटाउनु पर्ने पक्षमा उभिएका हुन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स प्रविधि, #पर्यटनमन्त्री सुदन किराँती, #प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com