राष्ट्रिय ट्रमा सेन्टरले पायाे १०० राेपनी जग्गा


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा बद्री रिजालकाे पहल कदमिले राष्ट्रिय ट्रमा सेन्टरले बनाउदै गरेको  पुनर्स्थापना केन्द्रका लागि १०० रोपनी जग्गा उपलव्ध हुने भएको छ। ललितपुरको गोदावरी नगरपालिकाले १०० रोपनी जग्गा उपलव्ध गराउने निर्णय गरेको निर्देशक डा रिजालले बताए ।

गत ८ पुसमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले ट्रमा सेन्टरका लागि आवश्यक  १०० रोपनी जग्गा उपलव्ध गराउने निर्णय गरेको थियाे ।

डा बद्रि रिजालका अनुसार नगरपालिकाको वडा नं १० र ६ को सिमामा पर्ने झ्यालुङटार सामुदायिक बन र फैडोल सामुदायिक बन क्षेत्रभित्र बन्द अवस्थामा रहेको पुरानो ढुंगा खानी क्षेत्रमा पुनर्स्थापनाका लागि जग्गा  उपलव्ध गराउने निर्णय गरेको छ।

ट्रमा केशमा झण्डै ७० प्रतिशतलाई फिजियोथेरापी गर्न पुनर्स्थापना केन्द्र (रिहाव सेन्टर)मा बस्नैपर्ने हुन्छ। तर, सरकारी तवरमा केन्द्रीय तहको यस्तो रिहाव सेन्टर छैन। जसले उपचारमा समस्या थपेकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com