माधव नेपालकी छोरी डा. सुमनलाई मेडिकल काउन्सिलमा लान मरिहत्ते


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी छोरी डा. सुमन नेपाललाई नेपाल मेडिकल काउन्सिलको सदस्य बनाउन प्रस्ताव पठाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिल सदस्यका लागि डा. सुमन नेपालसहितको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएको हो । उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी छोरी तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेकी बुहारी हुन् ।

यसअघिका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको पालामा पनि डा. सुमनको नाम मेडिकल काउन्सिलको सदस्यका लागि प्रस्ताव गरिएको थियो । त्यो बेला  नियुक्त हुन नसकेकी माधवकी छोरी डा. समुनलाई फेरि मेडिकल काउन्सिलको सदस्य बनाउन मरिहत्ते छ ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा छाला रोग विशेषज्ञको रुपमा कार्यरत डा. सुमनलाई मेडिकल काउन्सिलको सदस्य बनाउन खोजिएको हो । मेडिकल काउन्सिलको सदस्यका लागि मोहनबहादुर बस्नेतले रोक्न नसकेको सुमनको नाम अहिलेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि अगाडि बढाइदिएका छन् । मन्त्रिपरिषद्ले उनलाई मेडिकल काउन्सिलको सदस्यमा नियुक्त गर्ने निश्चित जस्तै देखिन्छ ।

बहिनीज्वाइँ कैलाश पोखरेललाई अस्ट्रेलियाको राजदूत बनाउन सफल माधवकुमार नेपालले छोरी डा. सुमनलाई मेडिकल काउन्सिलको सदस्य बनाइ छाड्ने प्रयासमा छन् । यसले माधवप्रति परिवारवादको आरोप समेत लाग्न थालेको छ ।

राजदूत कैलाश दम्पत्तिसँग अस्ट्रेलिया डा. सुमन

सम्धी सोमप्रसाद पाण्डेलाई मन्त्री र ज्वाइँ कैलाश पोखरेललाई राजदूत बनाउँदा विवादमा तानिएका माधवकुमार नेपाल फेरि छोरी डा. सुमनलाई मेडिकल काउन्सिलको सदस्य बनाउँदा विवादित बन्ने भएका छन् । माधव कै जोडबलमा डा. सुमन मेडिकल काउन्सिलमा जान खोजेको चर्चा छ ।

यता उपभोक्ताको कोटामा मेडिकल काउन्सिलको सदस्य बनाउनुपर्नेमा व्यापारिक पृष्ठभूमिका डा. मनोजमान श्रेष्ठको प्रस्ताव गरिएपछि विवादित बनेको छ । यसले मेडिकल काउन्सिलको प्रस्ताव नै विवादमा आउने सम्भावना बढेको हो । डा. सुमन र डा. मनोजमनसहित डा. रिकेशजंग कार्कीको नाम पनि मेडिकल काउन्सिलको सदस्यमा नियुक्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको पाइन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #अस्ट्रेलिया, #डा. सुमन नेपाल, #नर्भिक इन्टननेशनल हस्पिटल, #नेपाल मेडिकल काउन्सिल, #माधवकुमार नेपाल, #राजदूत कैलाश पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com