न्याम्सको २४ औं वार्षिकोत्सवमा संस्थापक उपकुलपति गंगोल सम्मानित


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को २४ औं वार्षिकोत्सव संस्थापक उपकुलपति (भिसी) प्राडा दिनेशनाथ गंगोल सम्मानित भएका छन् । प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल प्रचण्डको हातबाट उनी सम्मानित भएका हुन् ।

गंगोल २०५९ सालमा अध्यादेशबाट स्थापित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पहिलो उपकुलपति हुन् । उपेन्द्रप्रसाद देवकोटा स्वास्थ्यमन्त्री हुँदा स्थापना भएको न्याम्सलाई यो अवस्थामा पुऱ्याउन गंगोलको अतुलनीय योगदान रहेको छ । २०६३ सालमा संसद्मार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ऐन पारित गराउन उनले विशेष पहल गरेको चर्चा छ ।

वीर अस्पतालको जगमा बनाइएको न्याम्सको जग भत्काउनु हुँदैन भन्ने कुरामा प्राडा गंगोल अडिग देखिन्छन् । न्याम्सलाई न्याम्स बनाउने ‘जस’ विशेष रुपमा उनैलाई जाने गरेको छ । त्यसैले न्याम्सले संस्थापक उपकुलपति गंगोललाई २४ औं वार्षिकोत्सवको अवसरमा विशेष सम्मान गरेको हो । गंगोल सम्मानित हुनुमा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत, रेक्टर डा. लोचन कार्की, रजिष्ट्रार डा. ज्ञानेन्द्र विक्रम शाहलगायतको विशेष भूमिका छ ।

न्याम्सको २४ औं वार्षिकोत्सवको अवसरमा उपेन्द्रप्रसाद देवकोटालाई पनि मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com