काव्याका अवैध जिएम लुकासमाथि श्रमको ‘एक्सन’


काठमाडौं । नगरकोटस्थित काव्या रिसोर्ट एण्ड स्पाका अवैध महाप्रबन्धक (जिएम) लुकास प्रेन्डकेमाथि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले कारबाही थालेको छ । पोल्याण्डका नागरिक लुकास पर्यटक भिसामा नेपाल आएर काव्याको जिएम बनेको स्वास्थ्य लाइभले खुलासा गरेपछि श्रमले कारबाही थालेको हो ।

श्रमले काव्या रिसोर्टमा पोल्याण्डका नागरिक लुकास प्रेन्डकेलाई श्रम ऐनविपरीत श्रम इजाजत नलिई काम गर्न लगाएको भन्ने विषय बुझिन आएकोले सो सम्बन्धमा के-कसो भएको हो ? उक्त व्यक्तिको नियुक्ति पत्र, करार सम्झौता, पासपोर्ट र भिसाको प्रतिलिपिसहित सत्यतथ्य विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । त्यसको बोधार्थ अध्यागमन विभागलाई समेत दिएको छ ।

काव्याले श्रमलाई लुकास काम गरिरहेको खुलाएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार काव्याले कागजात उपलब्ध गराउँदै लुकासले काम गरिरहेको स्पष्ट पारेको छ । श्रम ऐन अनुसार कारबाही हुने उनले बताए ।

अध्यागमन विभागले सुटुक्क छाडेका लुकास अहिले दुबईमा पुगेका छन् । श्रमले उनीमाथि एक्सन लिने तयारी गरेको छ । काव्याले विदेशीलाई अवैध रुपमा काम लगाएकाले श्रमले जरिवाना समेत गर्नुपर्ने हुन्छ । विभागका प्रवक्ता गोपले कानुन अनुसार जरिवाना हुने बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #काव्या रिसोर्ट एण्ड स्पा, #लुकास प्रेन्डके

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com