महालेखापरीक्षकको प्रतिवेदनले देखाइदिएको सरकारी अस्पतालका सेवाको असलियत


काठमाडौं । महालेखापरीक्षक कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनले ठूला सरकारी अस्पतालको असलियत देखाइदिएको छ । मुलुककै जेठो वीर अस्पतालदेखि कान्ति बाल अस्पतालसम्मका सेवाको अवस्था महालेखापरीक्षकको प्रतिवेदनले छर्लङ्ग पारिदिएको हो । ती अस्पतालमा अप्रेसनलगायत मुख्य सेवा लिन साता दिनदेखि वर्ष दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले औंल्याएको छ ।

वीरमा शल्यक्रियाको प्रकृतिका आधारमा एक सातादेखि वर्ष दिनसम्म कुर्नपर्ने महालेखाले जनाएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी परीक्षणका लागि तीनदेखि छ घण्टासम्म कुनुपर्ने अवस्था छ । महालेखाका अनुसार पाटनमा शल्यक्रियाका लागि रोगको प्रकृति अनुसार चारदेखि बाह्र हप्तासम्म र इन्डोस्कोपीका लागि १ सातासम्म कुर्नुपर्ने अवस्था रहेको देखिन्छ । त्यस्तै  होमोडायलासिस्का लागि बिरामीले उक्त अस्पतालमा पाँच दिनदेखि पाँच महिनासम्म पर्खनु पर्ने बाध्यता छ ।

कान्ति बाल अस्पतालमा सामान्य शल्यक्रियाका लागि  तीन महिनादेखि १ वर्षसम्म र जटिल तथा हाइड्रोसिलको शल्यक्रिया गर्न छ महिनादेखि दुई वर्षसम्म पालो कुर्नुपर्ने अवस्था रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिरामीले सेवा लिनका लागि छ महिनादेखि एक वर्षसम्म पालो कुर्नुपर्ने अवस्था रहेको महालेखाको प्रतिवेदनले औंल्याएका छ । महालेखाका अनुसार डायलासिसका लागि सात सय जना बिरामीमा कुरिरहेका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियोथेरापीका लागि पैतालीस दिनसम्म कुनुपर्ने अवस्था रहेकोम हालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले औंल्याएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ