काठमाडौं महानगरपालिका वडा नम्बर ११ द्वारा महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ ले महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । काठमाडौं महानगरपालिका वडा ११ स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको भवनमा महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिएको हो ।

११ वडा कार्यालय भवनको भूई तल्लामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रद्वारा महिलासँग सम्बन्धित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा सदस्य दीपेश राउतको भनाइ छ । काठमाडौं महानगरपालिका वडा नम्बर ११ ले स्वास्थ्य सेवाका क्षेत्रमा राम्रो योगदान गरिरहेको छ । वडाध्यक्ष हीरालाल तण्डुकारको अगुवाईमा वडाभित्रका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हो । जनकल्याणलगायतका संस्थामार्फत समेत उनले जनताको स्वास्थ्यमा राम्रो काम गरेका छन् ।

 

सरोजकुमार मुल्मी, दीपेश राउत जस्ता युवा जनप्रतिनिधि रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा बेलाबेलामा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । यसमा वडाध्यक्ष तण्डुकार पनि निकै सक्रियतापूर्वक लागिपरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ