नेपालका अस्पतालहरू चीनको एससीओ हस्पिटल कर्पोरेसन एलाइन्समा आबद्ध हुन सक्ने


काठमाडौं । नेपालका अस्पतालहरू चीनको एससीओ हस्पिटल कर्पोरेसन एलाइन्समा आवद्ध हुन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले  ‘द गुड नेवरलाइनेस-फ्रेन्डसीप एण्ड कर्पोरेसन कमिसन अफ द संघाई कर्पोरेसन अर्गनाइजेसन’ (एससीओ)मा आबद्ध हुने बाटो खुलाएको हो ।

बेइजिङ स्थित नेपाली राजदूतावासमार्फत नेपालका अस्पताललाई चीनको एससीओ हस्पिटल कर्पोरेसन एलाइन्समा आबद्ध हुन अनुरोध गरेकाले स्वास्थ्य मन्त्रालयले सहमति दिएको हो । चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठलई एससीओ हस्पिटल कर्पोरेसन एलाइन्समा आबद्ध हुन आमन्त्रण गरिएको थियो । उक्त एलाइन्समा आबद्ध हुन् विषयमा स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले पराराष्ट्र मन्त्रालय हुँदै उक्त विषयलाई स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै एससीओ हस्पिटल कर्पोरेसन एलाइन्समा आबद्ध हुन इच्छुक अस्पतालहरुलाई आवेदन गर्न अनुरोध गरिएको छ ।

अब नेपालका अस्पतालहरू एससीओ हस्पिटल कर्पोरेसन एलाइन्समा आबद्ध हुन सक्ने भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ