सेयर खेलाडी कर्मचारीमाथि लगाम
काठमाडौं। कार्यालय बसेर सेयर कारोबार गर्ने कर्मचारीमाथि सरकारले लगाम लगाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्रपछि सरकारले सेयरका खेलाडी कर्मचारीमाथि लगाउ लगाएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालय समयमा TMS नचलाउन मातहतका निकायलाई परिपत्र गरेको छ। यो निर्देशनसँगै सेयरका धुरन्धर खेलाडी कर्मचारीमाथि लगाम लाग्ने भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संख्या २०८१/८२ चलानी नं. ११८६५ मिति २०८१/०५/२१ को कार्यालय TMS नचलाउने व्यवस्था सम्बन्धमा विषय रहेको पत्रबाट नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा TMS नचलाउने व्यवस्था हुन र सो समयमा TMS नचलाएको वा चलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन लेखीआएकोले आयोगको पत्रानुसार गर्न गराउन मातहतका निकायलाई परिपत्र गरेको हो।
प्रध
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस