झलनाथ खनालको स्वास्थ्यमा समस्या : तीन महिनाभित्र मिर्गाैला प्रत्यारोपण गर्नै पर्ने


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएको छ । चिकित्सकहरुले उनको मिर्गौलाको समस्या पहिचान गरेका हुन् । अबको तीन महिनाभित्र मिर्गाैला प्रत्यारोपण वा डायलासिस गर्न खनाललाई चिकित्सकहरुको सुझाब छ ।
गत माघमा उनी भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उनको मिर्गाैला फेल भएको चिकित्सकहरुले पहिचान गरेका हुन् । पार्टीका शीर्ष नेतालाई खनालले आफ्नो स्वास्थ्यबारे जानकारी गराएको बताइएको छ ।

शनिबार ओलीले खनाललाई कारबाही नगर्नु पनि स्वास्थ्यको विषयलाई लिएर नगरिएको बताइएको छ । खनाल ओलीप्रति निकै आक्रमक रुपमा प्रस्तुत भइरहे पनि उनको स्वास्थ्य संवैदनशीताकै कारण कारबाही अघि नबढाइएको केपी ओली निकटको भनाइ छ । ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई स्पष्टिकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com