पूर्व वडाध्यक्ष वैद्यको निधन : पशुपति आर्यघाटमा अन्येष्टि


काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष सुवर्ण वैद्यको आज पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ । अन्येष्टि हुनुअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव सरीर वडा कार्यालय राखिएको थियो। उनको पार्थिव सरीरमा वडाध्यक्ष आशामान संगतसहित जनप्रतिनिधिहरु, कर्मचारीहरु, नगर प्रहरीले श्रद्धाञ्जली अर्पण गरेका थिए। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता पुगेका थिए । यस्तै वडावासीको बाक्लो उपस्थिति थियो ।

पदमा रहँदा वैद्यले पुऱ्याएको योगदान र सामाजिक क्षेत्रमा गरेको सेवाप्रति सम्मान प्रकट गर्दै वडाले आज शोक विदा दिएको थियो।

असार ५ गते जयबागेश्वरीमा सडक पार गर्दागर्दै उहाँलाई ट्याक्सीले ठक्कर दिएको थियो । वडा नम्बर ८ का अध्यक्ष आशामान संगतका अनुसार दुर्घटनापछि उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएको थियो । उपचारकै क्रममा असार ७ गते साँझ वैद्यको निधन भएको हो ।

२००६ साल असोज १५ गते जन्मिएका वैद्य २०३९ साल र २०४४ सालमा वडा अध्यक्षका रुपमा निर्वाचित भएका थिए । २०६१ सालमा तत्कालीन राजाको शासनमा उनलाई वडाध्यक्षकै रुपमा मनोनित गरिएको थियो । राजनीतिसँगै वैद्य सामाजिक क्षेत्रमा सक्रिय थिए । उनी पशुपति आर्यघाटमा घाटे बैद्यका रूपमा समेत रहेका थिए।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ