निजामती सेवामा ३०-५५ ल्याउदा फरक नपर्ने सचिवहरू


काठमाडौं। प्रस्तावित निजामती सेवा विधेयकमा ५५ वर्ष पुगेकालाई घर पठाउनेगरी गृहकार्य भइरहेको चर्चा छ। ५५ वर्ष उमेर पूरा भएका कर्मचारीलाई घर पठाउने गरी प्रावधान राख्न खोजिएको विषयले कर्मचारी वृत्त तरंगित देखिन्छ।

५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीलाई विशेष व्यवस्था ल्याएर बिदा गर्ने कसरत सुरू भएको छ। तर, दुई दर्जन बढी विशिष्ट श्रेणी (सचिव)हरूलाई भने उक्त प्रावधानले छुने देखिंदैन। अर्थ सचिव घनश्याम उपाध्यायदेखि उद्योग सचिव कृष्णबहादुर राउतसम्म ५५-३० ले नछुनेमा पर्छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल, युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दिपक काफ्ले, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव राधिका अर्याल ३० वर्ष सेवा र ५५ वर्ष उमेर दुबै नपुग्नेमा पर्छन्। ५५-३० ल्याएपनि उनीहरूलाई केही फरक पर्ने देखिँदैन।

सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिँचाइ हेर्ने सचिव सरिता दवाडी, राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरे ५५-३० को प्रावधानबाट प्रभावित हुने सूचीमा छैनन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना, भूमि मन्त्रालयका सचिव मदन भुजेल, सत्य निरूपण तथा मेलमिलाप आयोगकी सचिव निर्मला अधिकारी भट्टराई र अर्थ मन्त्रालयका राजस्व सचिव ५५ वर्ष उमेर र ३० वर्ष सेवा अवधि नपुगेका विशिष्टमा पर्छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेल, उपमहालेखापरीक्ष विन्दु विष्ट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन हेर्ने सचिव पुष्कर सापकोटा पनि ५५-३० बाट जोखिममुक्त देखिन्छन्। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल र कर्णाली प्रदेशको प्रमुख सचिव विरेन्द्रकुमार यादवलाई पनि उमेर र सेवा अवधि दुबैले छुने देखिँदैन। कानुनमा ल्याउन खोजेको ५५-३० बाट उनीहरू जोखिममुक्त रहेको पाइन्छ।

५५-३० नपुगेका सचिवहरू

🌑कृष्णबहादुर राउत,

🌑रामेश्वर दंगाल,

🌑मुकुन्दप्रसाद निरौला,

🌑विन्दु विष्ट,

🌑दिपक काफ्ले,

🌑नारायणप्रसाद शर्मा दुवाडी,

🌑घनश्याम उपाध्याय,

🌑लक्ष्मीकुमारी बस्नेत,

🌑दिनेशकुमार घिमिरे,

🌑राधिका अर्याल,

🌑सरिता दवाडी,

🌑पाराश्वर ढुंगाना,

🌑वीरेन्द्रकुमार यादव,

🌑चन्द्रकला पौडेल,

🌑भूपाल बराल,

🌑निर्मला अधिकारी भट्टराई,

🌑बैकुण्ठ प्रसाद अर्याल,

🌑पुष्कर सापकोटा,

🌑मदन भुजेल,

 

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #५५-३० नपुगेका सचिवहरू, #कृष्णबहादुर राउत, #घनश्याम उपाध्याय, #चन्द्रकला पौडेल, #दिनेशकुमार घिमिरे, #दिपक काफ्ले, #नारायणप्रसाद शर्मा दुवाडी, #निर्मला अधिकारी भट्टराई, #पाराश्वर ढुंगाना, #पुष्कर सापकोटा, #बैकुण्ठ प्रसाद अर्याल, #भूपाल बराल, #मुकुन्दप्रसाद निरौला, #राधिका अर्याल, #रामेश्वर दंगाल, #लक्ष्मीकुमारी बस्नेत, #विन्दु विष्ट, #वीरेन्द्रकुमार यादव, #सरिता दवाडी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ