स्वास्थ्यका ३ सहसचिवको सरुवा, कोशीका स्वास्थ्य सचिव फेरिए
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गतका ३ सहसचिवको सरुवा भएको छ। कोशी प्रदेशका सचिव यदुचन्द्र घिमिरेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। कोशी प्रदेशको स्वास्थ्य सचिवमा भने कृतिपाल सुवेदीलाई पठाइएको हो।
मधेश प्रदेशका स्वास्थ्य सचिव रामआधार यादवको पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ। १५ सहसचिवको सरुवा हुँदा स्वास्थ्यका ३ जना परेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस