टेरामक्स प्रकरणमा धनराज ज्ञवाली, दिगम्बर झासहित ३ जना दोषी ठहर
मोहन बस्नेतले पाए सफाइ
काठमाडौं। टेरामक्स खरिद प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित ३ जना दोषी ठहर भएका छन्। झासहित पूर्व कानुन धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई दोषी ठहर गरेको हो।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाले टेरामक्स खरिद प्रकरणमा दोषी ठहर गरेको हो। उनीहरूलाई छ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
टेरामक्स खरिद भ्रष्टाचार प्रकरणमा तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, दिपेश खनाल, सुरेश बस्नेत, हिरण्यप्रसाद वास्ताकोटी, संदिप अधिकारी, दिलिपकुमार गुरुङ र तेजप्रसाद खरेलले भने भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका हुन्।





क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस