यमलाल दोहोऱ्याएर बने भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको डिजीमा डा. भीष्म
काठमाडौं। सहसचिव यमलाल भुसाल दोहोऱ्याएर भन्सार विभागको महानिर्देशक बनेका छन्। २०७७ फागुन १६ गतेदेखि २०७८ भदौ ३ गतेसम्म करिब ६ महिना भन्सार विभागको महानिर्देशक बनेका यमलाल फेरि उक्त विभागको कमाण्ड सम्हाल्न पुगेका हुन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले यमलाललाई भन्सार विभागको महानिर्देशक बनाएका छन्। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालय भित्रिएसँगै भन्सार विभागको कमाण्ड सम्हाल्न पुगेका हुन्।
त्यस्तै आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी डा. भीष्मकुमार भुसालले पाएका छन्। भीष्म यमलालसँगै प्रधानमन्त्री कार्यालयबाट अर्थ भित्रिएका थिए। आन्तरिक राजस्व विभागको महानिर्देशकमा जाने गरी उनी प्रधानमन्त्री कार्यालयबाट अर्थ भित्रिएका थिए। अर्थमा आउनेबित्तिकै उनले आन्तरिक राजस्व विभागको महानिर्देशक पाएका हुन्।
भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेदा भरतमणि पाण्डे र आन्तरिक राज्सव विभागका निमित्त महानिर्देशक रमेश अर्यालको अर्थ मन्त्रालयबाट सरुवा भएर प्रदेश पुगेसँगै यमलाल र भीष्म दुई भुसाल बन्धुले अर्थका दुई महत्त्वपूर्ण विभागको कमाण्ड सम्हालेका हुन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयबाट अर्थ पुगेका प्रेमप्रसाद आचार्य भन्सार विभागको उपमहानिर्देशकमा भएका छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस