देउवाका छोरा जयविर सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा, हाजिर हुन ७ दिनको म्याद


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग करोडौंको कारोबार गरेको देखेपछि जयविरलाई पनि बयानका लागि बोलाएको हो । विभागले जारी गरेको सूचनामा प्रसाद सिंह देउवाका नाति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा (उमेर करिब ३१ वर्ष) लाई तोकिएको मितिमा विभागमा उपस्थित हुन भनिएको छ।

जयवीर डडेलधुरा जिल्ला, साविक आसिग्राम गाविस–५ का स्थायी बासिन्दा भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन् । विभागले उनको नाममा जारी गरिएको उपस्थितिसम्बन्धी सूचनामार्फत अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको हो।

विभागले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान अघि बढाइरहेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी गरेको सूचनामा, अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन विभागको सूचनामा उल्लेख छ।

सूचनाअनुसार जयवीरले ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा उपस्थित हुनुपर्नेछ । तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ