नक्कली भुटानी शरणार्थी मुद्दामा बालकृष्ण खाणसहित अधिकांश अभियुक्त दोषी ठहर
काठमाडौं। नक्कली भुटानी शरणार्थी मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसहित सबै अभियुक्त दोषी ठहर भएका छन्। उक्त मुद्दामा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँलगायत अभियुक्त दोषी ठहर भएका हुन्। खाण मतियारका रूपमा दोषी ठहर भएका हुन्।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासको उक्त मुद्दामा सबै अभियुक्तालाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, बेचन झा, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई गोविन्द चौधरीसहितका अभियुक्त पनि दोषी ठहर भएका हुन्।
रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आषिश बुढाथोकीले सफाइ पाएका हुन्। फरार रहेका अभियुक्तका हकमा पक्राउ परेका बखत कानुन बमोजिम हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ ।
सरकारले ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी आरोपमा मुद्दा चलाएको थियो। अदालतले मुद्दा चलेका जति सबैलाई दोषी ठहर गरेको हो। उनीहरूलाई फरक फरक कसूरमा दोषी ठहर गरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस