घुससहित सव- डिभिजन वन कार्यालयका प्रमुख यादव पक्राउ 


काठमाडौं ।सिरहा जिल्लाकाे सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेकाे छ। उनले उद्योगको लागि ल्याएको काठहरु सिलबन्दी अनुसार भए/नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले कार्यालय प्रमुख राम केवल राय यादवलाई सेवाग्राहीबाट बाह्र हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम तथा श्रोत नखुलेको एक लाख तेत्तीस हजार एक सय वीस रुपैयाँ गरी जम्मा एक लाख पैतालीस हजार एक सय वीस रुपैयाँ र मोबाइल थान-१ सहित निजलाई जिल्ला सिरहा, कर्जन्हा नगरपालिका वडा नं. ४ स्थित मिर्चौयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गबाट हिजाे असार २३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपाने जानकारी दिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ