काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
काठमाडौं। सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शाक्यलाई विकास आयुक्तमा नियुक्त गरेको हो।
सुरज शाक्य काठमाडौं महानगरपालिकाको वरिष्ठ इन्जिनियर हुन्। सहरी व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग जस्ता महत्त्वपूर्ण विभागको नेतृत्त्व गरेका सफल र अनुभवी प्राविधिक हुन्। काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तका लागि ३ जनाको नाम सिफारिस भएको छ। विकास आयुक्तमा नियुक्तिका लागि डा. उमेशजंग थापा, प्रकृति केसी र सुरज शाक्यको नाम सिफारिस भएको थियो। उनीहरूमध्ये एक शाक्यलाई विकास आयुक्तमा नियुक्त गरेको हो।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
१ काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने ।
२ गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।
३ विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
४ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने
५ कारागार नियमावली,२०८३ स्वीकृत गर्ने ।
६ मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३÷०८४–२०८७÷८८) स्वीकृत गर्ने ।
७ भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२ । ८३–२०८७ । ८८) स्वीकृत गर्ने ।
८ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस